चरीकोट, ३० असार । दोलखाको मिलिजुली कालिन्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बत्तीसौँ साधारण सभा सम्पन्न भएको छ ।
एकाइगत रुपमा असोज २१ गतेमङ्गलबारदेखि सुरू भएको साधारण सभा असोज २९ गते बुधबार केन्द्रिय प्रतिनिधिमूलक साधारण सभा पश्चात सम्पन्न भएको हो । एकाइ १ अन्तर्गत असोज २१ गते सुनखानी, बाबरे, हिलेपानी, निकोभुमे, सिङ्गटी, लिङ्वा, सोइसाङ, गौरीशङ्कर र थामीचागु क्षेत्रमा साधारण सभा भएको थियो भने, एकाइ २ अन्तर्गत असोज २३ गते मागापौवा काटाकुटी, फस्कु, नाम्दु मार्बु, मैनापोखरी, मेलुङ, तामाकोशी र सिन्धुपाल्चोक जिल्लाको लिसङ्खुपाखर क्षेत्रमा साधारण सभा भएको थियो । त्यसैगरी असोज २५ मा काठमाण्डौ, असोज २७ मा भीमेश्वर नगरपालिका क्षेत्र र असोज २८ गते डिजिटल प्ल्याटफर्म मार्फत विदेशमा रहने सदस्यका लागि साधारण सभा भएको थियो ।
एकाइगत साधारण सभामा प्रस्तुत गरिएका अध्यक्ष कृष्ण बहादुर गौतम, सचिव ठाकुर प्रसाद पाठक, कोषाध्यक्ष शुरेसचन्द्र खड्का र लेखा सुपरिवेक्षण समितिका संयोजक नारायण प्रसाद सापकोटाको प्रतिवेदन आवश्यक परिमार्जन सहित असोज २९ गतेको प्रतिनिधिमूलक साधारण सभामा हस्ताक्षर सहित पारित गरिएको छ ।

२०५० साल भाद्र ७ गते स्थापना भएको मिलिजुली साकोसमा गत आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म २४,३५८ शेयर सदस्य र ८,४४० जना बाल बचतकर्ता रहेका छन् । कुल ६ करोड ८७ लाख ४६ हजार ८०० शेयर पूँजी रहेको उक्त सहकारीको गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ११ करोड ५३ लाख बचत र ९६ करोड भन्दा बढी रकम ऋण लगानी रहेको छ ।



