यूएई। नेपाली रक्तदाता संघ यूएईले आयोजना गरेको बृहत रक्तदान कार्यक्रममा १२७ जनाले रक्तदान गरेका छन् ।
युएईको दुबई शहर दुबई हेल्थ अथोरिटीसँगको सहकार्यमा १५ डिसेम्बरमा आयोजित रक्तदान कार्यक्रममा १०४ पुरुष र २३ महिला गरी १२७ जनाले रक्तदान गरेका हुन् । कार्यक्रममा यूएईमा विभिन्न पेशा र व्यवसायमा आवद्ध नेपालीहरु, नेपाल सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नेपाली रक्तदाता संघ यूएईका सदस्यहरु लगायतले रक्तदान गरेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कोषाध्यक्ष तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले जानकारी दिए ।
सर्वोत्कृष्ट मानवीय सेवाबाट अभिप्रेरित भइ “रक्तदान जीवन दान” भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै स्वस्थ रगत सङ्कलन कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ आयोजित यो कार्यक्रम दुबइमा दोस्रो पटक आयोजना भएको हो । संघले यसअघि पहिलो पटक १७ जून २०२४ मा पनि यस्त्र प्रकृतिको रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो ।
389
नेपाली रक्तदाता संघ यूएईका अध्यक्ष वासुदेव ढुङ्गानाले दोश्रो पटकको कार्यक्रम पनि भब्य र सभ्य तरिकाले सफल बनाउन सहयोग गर्ने रक्तदाता एवं सहयोगी सबैलाई धन्यवाद दिए ।