चरिकोट, २७ पौष । सुरज बस्नेत ‘अविरल’लाई पुनः अध्यक्षमा चयन गर्दै प्रेस सेन्टर नेपाल दोलखाको सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
चरीकोट स्थित हाम्रो रेडियोको सभाहलमा सम्पन्न अधिवेशनले बस्नेतको नेतृत्वमा सेन्टरको १५ सदस्यीय जिल्ला समन्वय समिति सर्वसम्मत चयन गरेको हो । समितिको खुल्ला उपाध्यक्षमा केदार दहाल, महिला उपाध्यक्षमा लक्ष्मी बस्नेत, सचिवमा गोविन्द थामी, खुल्ला सहसचिवमा राजकुमार भुजेल, समावेशी सहसचिवमा इश्वर विश्वकर्मा र कोषाध्यक्षमा नविन सुनुवार चयन भएका छन् । त्यस्तै समितिको खुल्ला सदस्यमा करिश्मा गोले, सुजता बस्नेत, प्रकाश कौशल, ममता श्रेष्ठ र सुन्दर खड्का तथा महिला सदस्यमा दिपतारा पाख्रिन, दलित सदस्यमा मनिता नेपाली र जनजाति सदस्यमा इन्द्रलक्ष्मी थामी निर्वाचित भएका छन् । अधिवेशनले ६ जना केन्द्रिय र ९ जना प्रदेश प्रतिनिधि पनि चयन गरेको छ ।


अधिवेशनको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज तथा बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काले उद्घाटन गरेका थिए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य एवम् प्रेस सेन्टर नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष बलराम थापा, प्रेस सेन्टर नेपालका केन्द्रिय उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज लक्ष्मण खड्का लगायतले जनपक्षीय पत्रकारिताको आवश्यकता अझै बढ्दै गएको भन्दै त्यसलाई ध्यानमा राखेर अगाडी बढ्न निर्देशन दिए । कार्यक्रममा गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, नेकपा माओवादी केन्द्रका नेता अर्जुन योगी, नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य दिलवहादुर केसी, पत्रकार महासंघ दोलखा शाखाका निर्वतमान अध्यक्ष दिपशङ्कर चौंलागाई, प्रेस सेन्टरका दोलखाका नेता सन्तोष भुजेल, प्रेस चौतारी दोलखाका सचिव तारा बहादुर महत लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका तर्फबाट नेपाल पत्रकार महासंघका विभिन्न पदमा निर्वाचित भएकाहरुलाई बधाई ज्ञापन गरिएको थियो । साथै सेन्टर (तत्कालिन क्रान्तिकारी पत्रकार संघ) दोलखाका संस्थापक अध्यक्ष लक्ष्मण खड्का र पूर्व अध्यक्ष शिव कुमार भुजेललाई पनि सम्मान गरिएको छ ।
थापालाई सहिद रितबहादुर खड्का स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार
प्रेस सेन्टर नेपाल दोलखा शाखाले स्थापना गरेको ‘सहिद रित बहादुर खड्का स्मृति पत्रकारिता पुरस्कार -२०८१’ बाट वरिष्ठ पत्रकार बलराम थापा सम्मानित भएका छन् । थापालाई नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरे । पुरस्कारको राशी नगद ११,१११ रुपैयाँ रहेको छ । हाल नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य रहेका वरिष्ठ पत्रकार थापा प्रेस सेन्टर नेपालका पूर्व केन्द्रिय उपाध्यक्ष हुन् । मूलप्रवाह राष्ट्रिय पत्रिकाका प्रकाशक थापा विशेषगरी समाजवाद सम्वद्ध विषयवस्तुमा अब्बल मानिन्छन् ।
