सुरी, ०२ मंसिर । दोलखाको गौरीशङ्कर गाउँपालिकामा आगामी मंसिर १६ गते हुने उपनिर्वाचनको लागि आइतबार मनोनयन दर्ता भएको छ, जसमा १६ जनाले उपाध्यक्ष पदका लागि मनोनयन दर्ता गरेका छन् ।
उपाध्यक्ष पदका लागि ७ राजनीतिक र ९ जना स्वतन्त्र उम्मेद्वारको मनोनयन दर्ता भएको छ । जस अनुसार नेकपा माओवादी केन्द्रबाट निमलेकी शेर्पा, नेकपा एमालेबाट उमा लुङ्गेली मगर शेर्पा, नेपाली कांग्रेसबाट पासदिकी तामाङ, नेकपा एकिकृत समाजवादीबाट रबिना खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट सपना कार्की खड्काले मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै नौ जना स्वतन्त्र उम्मेद्वारहरुले पनि मनोनयन दर्ता गराएका छन् । मनोनयनका लागि उम्मेद्वारहरु बाजागाजा र नाराजुलुस सहित गाउपालिका केन्द्रमा रहेको निर्वाचन कार्यालय पुगेका थिए । मनोनयन दर्ताका क्रममा नेकपा माओवादी केन्द्रका नेता देवी खड्का, विशाल खड्का, एमाले नेता पार्वत गुरुङ लगायत सबैजसो दलका केन्द्रिय तथा जिल्ला स्तरका नेताहरुको उपस्थिती रहेको थियो । गौरीशङ्कर गाउँपालिकाको केन्द्र सुरी पुगेका थिए ।