सिङ्गटी, ७ फागुन । दोलखाको उत्तरी विगु गाउँपालिकाको अन्तर विद्यालय स्तरीय पाचौँ राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।
विगु गाउँपालिकाको आयोजना र शारदा माध्यमिक विद्यालय बुलुङको व्यवस्थापनमा सिङ्गटी स्थित खोलिखिम खेल मैदानमा सुरु भएको प्रतियोगितामा पालिकाभरमा एघार ओटा माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् । प्रतियोगिताको गाउँपालिका अध्यक्ष एवं प्रतियोगिता सञ्चालन समितिका संयोजक सञ्जीव ओलीले सुरुवात गरेका थिए । प्रतियोगिताको पहिलो दिन बुधबार एथलेटिक्स तर्फका विभिन्न प्रतिस्पर्धाहरु भएका छन् । जसमा १० स्वर्ण सहित साविक विजेता शान्ति आदर्श मावि लादुकले सुरुवाती अग्रता लिएको छ भने ३ स्वर्ण सहित गौरीशङ्कर मावि जगत दोस्रो स्थानमा रहेको छ ।


प्रतियोगितामा भलिबल, कबड्डी लगायत समूह तर्फका र एथलेटिक्स तर्फ गरी १५ ओटा विधामा प्रतिस्पर्धा हुने व्यवस्थापक विद्यालय शारदा माविका प्रधानाध्यापक कुमार श्रेष्ठले जानकारी दिए ।दप्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
