(जिरीबाट सन्तोष भुजेल र निशान सुवेदी)
फागुन १४ । दोलखाको पर्यटकिय नगरी जिरीमा एघारौँ जिल्ला स्तरीय अन्तर पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले विशेष समारोहका बीच उद्घाटन गरे । जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजना, जिरी नगरपालिकाको सह–आयोजना र जिरी माविको व्यवस्थापनमा सुरु भएको प्रतियोगितामा जिल्लाभरका ७ गाउँपालिका र २ नगरपालिकाका करिब सात साय खेलाडी सहभागि छन् । फागुन १७ गतेसम्म सन्चालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिन थ्रो, सटपुट लगायत विधामा प्रतिस्पर्धा हुनेछ ।


जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष आशिष घिसिङको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा बागमती प्रदेश सभाका सदस्य उर्मिला सुनुवार, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी लगायत जिल्ला स्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, विभिन्न राजनीतिक दलका नेताहरु, जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो । जिरी भ्रमण वर्षको दौरान आयोजित प्रतियोगिताका सहभागि सबैलाई जिरी नगरपालिकाका नगर प्रमुख मित्र बहादुर जिरेलले स्वागत गरेका थिए ।
हेर्नुहोस् तस्बीरहरुः
