जिरी, फागुन १५ । दोलखाको पर्यटकिय नगरी जिरीमा जारी एघारौँ जिल्ला स्तरीय अन्तर पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साविक बिजेता जिरीले यो पटक पनि आफ्नो जीत सुनिश्चित गरेको छ ।
जारी प्रतियोगितामा जिरीले १० स्वर्ण, १ रजत र ५ कास्य सहित आफ्नो अग्रता कायम राख्दै जीतलाई सुनिश्चित गरेको हो । प्रतियोगितामा २ स्वर्ण, २ रजत र ३ कास्य सहित ७ पदकका राद तामाकोशी गाउँपालिका दोस्रो र २ स्वर्ण र २ कास्य सहित कालिन्चोक गाउँपालिका तेस्रो स्थानमा रहेका छन् । त्यस्तै भीमेश्वर नगरपालिकाले १ स्वण र ३ कास्य, वैतेश्वर गाउँपालिकाले एक स्वर्ण र एक कास्य, विगु गाउँपालिकाले १ स्वर्ण, ६ रजत र दुइ कास्य, मेलुङ गाउँपालिकाले १ स्वर्ण, एक रजत र दुई कास्य, शैलुङ गाउँपालिकाले १ स्वर्ण, ६ रजत, १ कास्य तथा गौरीशङ्कर गाउँपालिकाले ३ रजत र २ कास्य पदक हाता पारेका छन् । प्रतियोगितामा अब छात्र/छात्रा भलिबल, छात्र कबड्डी, त्रिपल जम्प, १५०० र ३००० मिटर दौड लगायतका प्रतिस्पर्धा बाँकी छन् ।


जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजना, जिरी नगरपालिकाको सह–आयोजना र जिरी माविको व्यवस्थापनमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरेका थिए । प्रतियोगितामा जिल्लाभरका ७ गाउँपालिका र २ नगरपालिकाका करिब सात साय खेलाडी सहभागि छन् ।
हेर्नुहोस् पदक तालिका
