चरीकोट, १७ मंसिर । दोलखाको मेलुङ गाउँपालिकामा आयोजित पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगिताको उपाधी त्रिभुवन माविले जितेको छ । आइतबारदेखि सुरु भएर बुधबार सम्पन्न प्रतियोगितामा त्रिभुवन माविले १० स्वर्ण, ६ रजत र ६ कास्य गरी २२ पदक जित्न सफल भयो । त्यस्तै ८ स्वर्ण, ४ रजत र ६ कास्य गरी १८ पदकका साथ डाँडाखर्क मावि द्वितीय भएको छ भने ६ स्वर्ण, ७ रजत र २ कास्य गरी १५ पदकका साथ सत्यश्वर मावि पवटी तृतीय हुन सफल भएको छ ।
विजयी खेलाडीहरूलाई एक विशेष समारोहका बीच मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार तामाङ, उपाध्यक्ष गायत्री आचार्य, विभिन्न वडाका वडाध्यक्षहरू लगायतले पुरस्कार र प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।



