रामेछाप, २७ माघ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ स्थित तामाकोसी नदीमा यात्रुबाहक बस खस्दा १० जनाको मृत्यु भएको छ ।
प्रदेश ३ ०१ ००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस खुर्काेट मन्थली सडक खण्डको मसानटार नजिकै त्रिवेणी मन्दिरको छेउमा तामाकोसी नदीमा खसेको हो । हालसम्म घटनास्थलमा भेटिएका ४ र अस्पतालमा उपचारका क्रममा ६ गरी मृतकको सङ्ख्या ९ पुगेको छ । घाइते अवस्थमा उद्धार गरिएका बसका चालक सहित ११ जनाको मन्थली र खुर्कोटको अस्पतालमा उपचार भइरहेको छ ।
बसमा कति यात्रु थिए भन्ने एकीन भएको छैन, अन्यको खोजी कार्य जारी छ । प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरुले स्काभेटरको सहायताले पानीमा डुबेको बसलाई किनारमा निकालेका छन् । (रामेछापबाट पत्रकार अप्रिल अधिकारीको साथमा)



