काठमाण्डौ, २९ बैशाख । वरिष्ठ कलाकार एवम साहित्यकार मदनदास श्रेष्ठ वानीरा शङ्कर पुरस्कारबाट सम्मानित भएका छन ।
२०७९ सालमा इन्जिनियर शङ्कर गिरीद्वारा आफ्नी धर्मपत्नी एवं नेपाली साहित्यको विश्व नारी रत्न डाक्टर वानीरा गिरीको स्मृतिमा स्थापना गरिएको वानीरा फाउन्डेसनले शनिबार राजधानी काठमाण्डौमा एक कार्यक्रमको बीच कलाकार श्रेष्ठलाई नगद एक लाख सहित सम्मान पत्रद्वारा सम्मान गरेको हो । लामो समयदेखि साहित्य एवम नाट्य विधा मार्फत देश र समाज विकासका लागि पुर्याएको योगदानको विशेष कदर गर्दै कलाकार श्रेष्ठलाई उक्त पुरस्कारबाट सम्मान गरिएको फाउन्डेसनका संरक्षक गिरीले बताए ।
दोलखा स्थायी घर भएका कलाकार श्रेष्ठ हाल काठमाण्डौमा बस्दै आएका छन् । आफू वृद्ध अवस्था हुँदासम्म पनि साहित्य र कलाकारिता क्षेत्रमा सक्रिय उनी समाजसेवामा त्यतिकै सक्रिय रहेका छन् ।