सिङ्गटी, २७ माघ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) कालिञ्चोक गाउँपालिका समितिको तेस्रो सम्मेलन शनिबार सम्पन्न भएको छ ।
सिङ्गटी स्थित कालिनाग माविको प्राङ्गणमा सम्पन्न सम्मेलनको अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नारायण खनालले उद्घाटन गरेका थिए । अखिल क्रान्तिकारीका कालिञ्चोक गाउँपालिका समिति अध्यक्ष रुपेश अर्यालको अध्यक्षतामा सम्पन्न सम्मेलनको उद्घाटन सत्रमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक एवं कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष तथा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटीका सदस्य एवं गौरीशङ्कर इन्चार्ज विश्वास कार्की, नेकपा माओवादी केन्द्रका कालिञ्चोक गाउँपालिका ईन्चार्ज तथा वडा नम्बर ७ का वडाअध्यक्ष राम पाण्डे, अखिल क्रान्तिकारीका केन्द्रिय उपमहासचिव प्रशुन कार्की, नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिका कमिटी अध्यक्ष नवराज अर्याल, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव चन्द्र कुमार लामा, नेकपा माओवादी केन्द्र विगुका सचिव एवं विद्यार्थी नेता नमराज बस्नेत, अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष आर्टिस्ट मोक्तान लगायतको सहभागिता रहेको थियो ।
सम्मेलनले केशव बुढाथोकीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ गाउँपालिका समिति चयन गरेको छ ।