दोलखा, २८ जेठ । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ७ का वृद्धवृद्धाहरुको स्वास्थ्य जाँच गरिनुको साथै स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।
वडाको विभिन्न भेगका ८५ जना वृद्धवृद्धालाई जिल्ला स्वास्थ्य कार्यालय दोलखाद्वारा स्वास्थ्य जाँच गरी आवश्यक अौषधी उपलब्ध गराईनुको साथै लठ्ठी, छाता, हर्लिक्स, तौलिया, साबुन, ब्रस मञ्जन आदी प्रदान गरिएको हो । कार्यक्रममा धुलिखेल अस्पताल, सिङ्गटी अस्पताल लगायतका डाक्टरहरले स्वास्थ्य परिक्षण गरेको कालिञ्चोक ७ का वडाअध्यक्ष राम पाण्डेले जानकारी दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी, कालिञ्चोक गाउँपालिकाका अध्यक्ष अर्जुन बहादुर शिवाकोटी, उपाध्यक्ष कुलहादुर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।


