चरिकोट, १६ चैत्र । नेपाल सिआरएस कम्पनी र युएसएआइडीको संयुक्त आयोजनामा मेडिकल व्यवसायीहरुका लागि संगिनी तीन महिने सुई सम्बन्धि २ दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।
दोलखा सदरमुकाम चरिकोट स्थित एक होटलमा बिहिबार र शुक्रबार सञ्चालन भएको तालिममा दोलखा, रामेछाप र सिन्धुपाल्चोकका मेडिकल व्यवसायीहरुको सहभागिता रहेको थियो । नेपाल औषधि व्यवसायी संघ दोेलखा–रामेछाप संयुक्त शाखाका महासचिव हरि प्रसाद गौतमको विशेष पहलमा आयोजित तालिमको सहजीकरण बीर अस्पताल नर्सिङ कलेजका प्राध्यापक कविता तिवारी, नेपाल सिआरएस कम्पनीका फिल्ड अफिसर मुकुन्द प्रसाद चटौत लगायतले गरेका थिए ।
तालिममा संगिनी तीन महिने सुई साथै परिवार नियोजनका अस्थायी, स्थायी विधि तथा प्रकारहरु, प्राकृतिक परिवार योजना, यौन संक्रमण, एचआईभी एड्स लगायत अन्य यौनजन्य रोगहरु र बच्ने उपाय तथा रोकथाम र उपचार विधिको विषयमा सहजिकरण गरिएको थियो ।