दोलखा, ०५ चैत्र । नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाले आयोजना गरेको दोलखा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगितामा हनुमन्तेश्वर मावि प्रथम भएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखा बजार स्थित भीम माविमा आयोजित प्रतियोगितामा खारे मावि द्वितिय, सरस्वती मावि तृतिय र भीम मावि सान्त्वना हुन सफल भएका छन् । दोलखाली दक्षिण कोरीया समाजको प्रयोजन एवं रेडक्रस भीमेश्वर नगरपालिका २ नम्बर वडा कमिटीको व्यवस्थापनमा आयोजित प्रतियोगितामा जिल्लाभरका ७ ओटा स्थानीय तहलाई प्रतिनिधित्व गर्दै विद्यालयहरु सहभागि भएका थिए ।
रेडक्रस दोलखा शाखाका सभापति ईश्वरीप्रसाद दहालको अध्यक्षतामा आयोजित प्रतियोगिताका बिजयी विद्यालय र विद्यार्थीहरुलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले क्रमश १२ हजार, ९ हजार ,६ हजार र ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र वितरण गरेका थिए ।