दोलखा, ०२ असोज । अखिल क्रान्तिकारी बागमती प्रदेशको अध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन् । मङ्गलबार काठमाण्डौमा सम्पन्न प्रदेश अधिवेशनमा अध्यक्ष पदका अन्य तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै रसुवाका पौडेल अध्यक्षमा चुनिएका हुन् ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीको इतिहाँसमै पहिलोपटक निर्वाचनबाट प्रदेश नेतृत्व चयन भएको हो । अधिवेशनबाट उपाध्यक्षमा दोलखाका हरि खड्का सहित सन्तोष चौहान, अस्मिता ठकुरी, ममता पाण्डे र क्षेत्र कुमार तामाङ निर्वाचित भएका छन् । प्रमुख सचिव पदमा भने विजय लामा निर्वाचित भएका छन् । प्रदेश समितिको ५ ओटा सचिव पदमा दोलखाका ऋतिक राज गिरी सहित विजय घिमिरे, विवेक कार्की, उर्मिला तामाङ र विज्ञान दोर्जे बल निर्वाचित भएका छन् ।
४३ सदस्यीय प्रदेश समितिको कोषाध्यक्षमा अनिता कुमारी श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश समिति सदस्यमा पनि दोलखामा राजकुमार भुजेल, रमित खत्री, नारायण खाती, सावित्री आचार्य लगायत निर्वाचित भएका छन् ।