दोलखा, १४ माघ । दोलखाको गौरीशङ्कर गाउँपालिका २ स्थित नीलकण्ठेश्वर माविको ६२ औँ वार्षिक उत्सव एवं ३२ औँ अभिभावक दिवस आइतबार सम्पन्न भएको छ ।
वार्षिक उत्सव एवं अभिभावक दिवस समारोहको प्रतिनिधि सभाका सदस्य एवं नेकपा माओवादी केन्द्रका नेता गङ्गा कार्की विश्वले उद्घाटन गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शान्तलामा शेर्पाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्त कार्कीको अध्यक्षतामा सम्पन्न समारोहमा गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की, नेकपा एमाले गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष जङ्ग बहादुर लामा, गौरीशङ्कर गाउँपालिका २ का वडाअध्यक्ष रोहित बुढाथोकी, गाउँपालिकाको शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।


सो अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक, विद्यार्थी, विव्यसका पूर्व अध्यक्ष, गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका विजयी खेलाडी एवं विद्यालयलाई सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थालाई सम्मान एवं पुरस्कृत गरिएको छ ।



