जिरी, फागुन १७ । दोलखाको पर्यटकिय नगरी जिरीमा सम्पन्न एघारौँ जिल्ला स्तरीय अन्तर पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी पुनः साविक बिजेता जिरीले जितेको छ ।
सम्पन्न प्रतियोगितामा जिरीले १० स्वर्ण, ४ रजत र ९ कास्य गरी २३ पदकका साथ लगातार दोस्रो पटक रनिङ शिल्ड उचालेको हो । प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र १ कास्यका साथ शैलुङ गाउँपालिका तेस्रो तथा ४ स्वर्ण, ८ रजत र ३ कास्यका साथ विगु गाउँपालिका तेस्रो हुन सफल भए । प्रथम, द्वितीय र तृतीय हुन सफल पालिकाले क्रमशः ३५, २५ र १५ हजार नगद सहित शिल्ड प्राप्त गरेका छन् । प्रतियोगिताको अन्तिम दिन शनिबार जिल्ला समन्वय समितिका प्रमुख बर्जुराम घतानी, जिरी नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।


जिल्ला खेलकुद विकास समिति दोलखाको आयोजना, जिरी नगरपालिकाको सह–आयोजना र जिरी माविको व्यवस्थापनमा बुधबारदेखि सुरु भएको प्रतियोगिताको बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरेका थिए । जिल्लाभरका ७ गाउँपालिका र २ नगरपालिकाका करिब सात साय खेलाडी सहभागि प्रतियोगितामा भलिबल, कबड्डी, विभिन्न दुरीका दौड, हाइजम्प, लङजम्प, त्रिपलजम्प, सटपुट, ज्याभलिन थ्रो लगायतका विविध विधामा प्रतिस्पर्धा भएको थियो ।
हेर्नुहोस् अन्तिम पदक तालिका
