दोलखा, २४ पौष । दोलखाको दक्षिणपूर्वी तामाकोशी गाउँपालिकाको स्थायी केन्द्र तोकिएको छ ।
दोस्रो गाउँसभाका क्रममा मङ्गलबार भएको मतदानमा बहुमत सदस्यहरुको मतदानका आधारमा साबिक जफेको मानेडाँडालाई पालिकाको स्थायी केन्द्र तोकिएको हो । मानेडाँडालाई स्थायी केन्द्र तोक्ने पक्षमा कुल खसेको ३८ मध्ये २९ मत परेको थियो । सोमबार सुरु भएको गाउँसभामा स्थायी केन्द्रका विषयमा सहमति नजुटेपछि मङ्गलबार मतदानबाट टुङ्गो लगाइएको हो ।


