मेलुङ, ०६ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दोलखाले आफ्नो चुनावी प्रचार प्रसारलाई तीव्र रुपमा अगाडि बढाइरहेको छ ।
सोमबार जिरी नगरपालिकाबाट आफ्नो चुनावी प्रचार प्रसार अभियान सुरू गरेको नेकपाले मङ्गलबार शैलुङ गाउँपालिका र बुधबार मेलुङ गाउँपालिकामा पालिका स्तरीय अगुवा कार्यकर्ता भेला र सभा गरेको छ । मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी स्थित रमाइलो चोकमा वडा स्तरीय निर्वाचन परिचालन समितिका संयोजक प्रेम बहादुर थापाको अध्यक्षतामा सम्पन्न चुनावी सभामा नेकपा दोलखाका प्रत्यक्ष तर्फका उम्मेदवार विशाल खडका र समानुपातिक उम्मेदवार महेन्द्र बहादुर कार्कीले दोलखाको समग्र विकास सँगै मेलुङको विकासलाई पनि आफ्नो प्राथमिकतामा राख्ने र मेलुङको समग्र पक्षको विकासको लागि सक्दो पहल गर्ने प्रतिवद्दता जाहेर गर्दै व्यापक जनसमर्थन जुटाएका छन् ।


पवटीवासीसँगै मेलुङका विभिन्न वडाका प्रतिनिधिमूलक अगुवा कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको चुनावी सभालाई नेकपाका नेताहरु गंगा कार्की, शंकर लामा, भीम दहाल, भरत दुलाल, रविन्द्र कार्की, बद्री कुमार चौलागाईं, चुनु केसी, दिनेश प्रसाद उप्रेती लगायतका नेताहरुले सम्बोधन गरेका थिए । चुनावी अभियान सँगसँगै घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई तीव्र रुपमा अगाडि बढाउँदै लैजाने नेकपा दोलखाले जनाएको छ ।


