चरिकोट, ८ असार । दोलखाको भीमेश्वर नगरपालिकामा सडकबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका वडा नम्बर १ सुस्पाक्षमावतीका ३२ वर्षका शिवजी शिवाकोटी रहेका छन् ।
सोमबार साँझ सडकबाट लडेर २५ मिटर तल खसेका उनलाई घाइते अवस्थामा उद्धार गरी दोलखा बजार स्थित धुलिखेल अस्पताल शाखामा ल्याइएको थियो । उनलाई राती पौने ९ बजे चिकित्सकहरूले मृत घोषणा गरेका हुन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।


