दोलखा, २३ वैशाख । नेपाल राहत शिक्षक जिल्ला समिति दोलखाको नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार सदरमुकाम चरिकोटमा सम्पन्न चौथो जिल्ला अधिवेशनले पुष्कल दहालको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । समितिको उपाध्यक्षमा बालकृष्ण थपलिया, सचिवमा रोशन शर्मा र कोषाध्यक्षमा कृष्णबहादुर बस्नेत चयन भएका छन् ।
राहत शिक्षकहरुसँग सम्बन्धित विभिन्न पक्षहरुको वकालत र हक अधिकारको रक्षाका लागि २०६३ सालमा नेपाल राहत शिक्षक समिति गठन भएको थियो । दोलखामा करिव ५ सय राहत शिक्षकहरु कार्यरत रहेको अनुमान गरिएको छ ।