दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका ३ मा अवस्थित कालिनाग माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।
चिनियाँ सरकारको लगानीमा निर्माण भइरहेको विद्यालय भवनको करिव ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । आउँदो दँशै अगावै हस्तान्तरणको तयारीमा रहेको यो विद्यालय भवन निकै सुन्दर त छँदैछ, यो जिल्लामा रहेका अन्य विद्यालय भन्दा अत्याधुनिक पनि हुने जनाईएको छ ।
यो भवनको हालै बागमती प्रदेशका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाल, पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्का लगायतले अवलोकन गरेका थिए ।
चिनियाँ सरकारकै सहयोगमा जिल्लाको भीमेश्वर नगरपालिका ४ जिलुमा पनि यस्तै प्रकृतिको भवन निर्माणको अन्तिम चरणमा रहेको छ ।