चरिकोट, ०१ मंसिर । दोलखा सदरमुकाम चरिकोटमा आयोजित रक्तदान कार्यक्रममा तीस जनाले रक्तदान गरेका छने ।
अखिल नेपाल खेलकुद महासंघ दोलखाले आयोजना गरेको रक्तदान कार्यक्रममा ४ महिला र २६ पुरुष गरी तीस जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज तथा बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्काले उद्द्धाटन गरेका थिए ।


महासंघ दोलखाका अध्यक्ष विमल ओलीको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रममा रेडक्रस दोलखा शाखाका उपसभापति रीता रिमाल, रक्तसञ्चार केन्द्र दोलखाका प्रमुख गोकर्ण प्रसाद पोखरेल, खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य पुष्कर कुमार अधिकारी लगायत माओवादी केन्द्रका विभिन्न तहका नेताहरु, जनप्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।
