दोलखा, १२ पौष । नेकपा माओवादी केन्द्रको युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल) दोलखाको संयोजकमा विनोद लामा चयन भएका छन् ।
बिहिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न छैठौँ जिल्ला भेलाले लामाको संयोजकत्वमा ३७ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । कमिटीको सचिवमा दिपेन्द्र बुढाथोकी चयन भएका छन् । जिल्ला भेलाको नेकपा माओवादी केन्द्रका नेता एवं वाइसिएलका केन्द्रिय इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा) ले उदुघाटन गरेका थिए । भेलालाई माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं प्रतिनिधि सभा सदस्य गङ्गा कार्की विश्व, नेतृ देवी खड्का, नेता विशाल खड्का, नरबहादुर पाख्रिन लगायतले सम्बोधन गरेका थिए ।
युवा संघका काले राजिव वाइसिएल प्रवेश
नेकपा एमाले निकट युवा संघ दोलखाका नेता काले राजिव उर्फ राजिव श्रेष्ठ वाइसिएलमा आवद्ध भएका छन् । युवा संघ परित्याग गरेका श्रेष्ठलाई वाइसिएलको जिल्ला भेलाको अवसरमा माओवादी दोलखाका इन्चार्ज विशाल खड्का लगायतले पार्टीमा स्वागत गरेका थिए । श्रेष्ठ एमालेको तत्कालिन युवा सङ्गठन युथ फोर्सका केन्द्रिय सदस्य रहेका थिए ।