दोलखा, ०९ पौष । नेपाल रेडक्रस सोसाइटी दोलखाले उपशाखाका प्रमुख एवं पदाधिकारीहरुको लागि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार सदरमुकाम चरिकोट स्थित गौरीशङ्कर बहुमुखि क्याम्पसमा आयोजित एक दिवसीय रेडक्रस अभिमुखीकरण तथा उपशाखा गोष्ठीमा दोलखा शाखा अन्तर्गतका १९ वटा उपशाखाका सभापति र सचिवहरूको सहभागिता रहेको थियो । गोष्ठीमा उपशाखाको काम, कर्तव्य र अधिकार तथा उपशाखा सञ्चालन कार्ययोजना, मानविय सेवामा रेडक्रसकर्मीहरुको भूमिका लगाायतका विषयमा प्रशिक्षित गरिनुको साथै उपशाखाहरुको गतिविधीका बारेमा रिपोर्टिङ समेत भएको थियो ।
कार्यक्रममा रेडक्रस दोलखा शाखाका सभापति ईश्वरी दहाल, पूर्व सभापति हर्कबहादुर श्रेष्ठ, गोकर्ण प्रसाद पोखरेल, उपसभापति बाबुकाजी बस्नेत, कोषाध्यक्ष भीम बहादुर केसी, सदस्य राधादेवी मास्के लगायतले सहजिकरण गरेका थिए । नेपाल रेडक्रस सोसाइटी दोलखा शााखा अन्तर्गत हाल २४ ओटा उपशाखाहरु रहेका छन्



