चरिकोट, ४ कार्तिक । दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर ९ स्थित सुर्के नजिक बोलेरो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ ।
सुर्केबाट चरीकोट तर्फ आउँदै गरेको ग २ च ३४०० नम्बरको बोलेरो दुर्घटना हुँदा स्थानीय गोमा भुजेल, महेन्द्र बहादुर श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ र गङ्गा कुमारी श्रेष्ठ घाइते भएका हुन् । घाइते मध्य भुजेलको आँखा, नाक, मुख लगायत अनुहारमा गम्भीर चोट लागेको र सदरमुकाम चरीकोटमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि काठमाडौं तर्फ लैजाने तयारी गरिएको छ । अन्य घाइतेको चरिकोट स्थित एक अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको छ ।

बोलेरो ब्रेक फेल भएर सडकको भित्तामा ठोकिन गइ दुर्घटना भएको बुझिएको छ । बोलेरो चालक बिक्रम थामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



