दोलखा, २० जेठ/ रेडक्रस अभिमुखीकरण कार्यक्रम तथा जुनियर रेडक्रस सर्कल गठन तथा पुनर्गठन अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटी दोलखाले विभिन्न तीन ओटा विद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरेको छ ।
जिल्लाको मेलुङ गाउपालिका १ पवटी स्थित सत्येश्वर मावि र भङ्गेरी मावि तथा शैलुङ गाउँपालिका ८ स्थित शारादा माविमा नेपाल रेडक्रस सोसाइटी पवटी उपशाखाको समन्वय एवम सहजिकरणमा जुरेस गठन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति ईश्वरी दहाल, जिल्ला सदस्य कल्पना केसी उप्रेती, पवटी उपशाखा सचिव नारायण बहादुर ढकाल लगायतको उपस्थितिमा गठन भएका जुरेसमा विद्यालयबाट एक/एक जना शिक्षक नायक तथा सह-शिक्षक नायक र ११ जना विद्यार्थीहरु आवद्ध छन् ।
विद्यार्थीहरुमा स्वयंसेवाको भावना विकास गराई सानै उमेरदेखि रेडक्रस अभियानका सिद्दान्तहरू मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, ऐच्छिक सेवा, एकता र विश्व व्यापकतामा गोलबद्ध गरी विभिन्न मानविय गतिविधीमा सामेल गराउने उदेश्यले विद्यालयहरुमा जुरेस गठन हुँदै आएको छ ।