दोलखा । दोलखामा मङ्गलबार भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ ।
जिल्लाको भीमेश्वर नगरपालिका ७ स्थित चरणावतीमा भएको दुर्घटनामा परी दोलखाकै गौरीशङ्कर गाउँपालिका ५ सुरीका ४० वर्षका रामकुमार खड्काको मृत्यु भएको हो । काठमाडौंबाट बागमती प्रदेश ०२, ०४४ प ६८८३ नम्बरको मोटरसाइकल चढी चरिकोटतर्फ आउँदै गरेका खड्का अनियन्त्रित भई सडकमा लडेर गम्भिर घाईते भएका थिए ।
दुर्घटनापछी उद्दार गरी उपचारका लागि सदरमुकाम चरिकोट स्थित दोलखा सामुदायिक अस्पतालमा ल्याइएका खड्काको उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक दिपक खड्काले जानकारी दिए । मृतकको शव अहिले अस्पतालमै रहेको छ ।



