दोलखा, १७ कार्तिक । दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३० औँ वार्षिक साधारण सभा शुक्रबारदेखि सुरु भएको छ ।
दोलखा सहित ५ जिल्लामा कार्यक्षेत्र रहेको जनसचेतनको साधारण सभा अन्तर्गत शुक्रबार दोलखा जिल्ला अन्तर्गत चरिकोट, सुन्द्रावती, बाबरे, साङ्वा, सिङ्गटी, जगत, सुरी र बाघखोर गरी आठ ओटा सेवाकेन्द्रमा साधारण सभा सम्पन्न भएको छ । साधारण सभाका लागि संस्थाका पदाधिकारी, सञ्चालक र कर्मचारीहरु आपसमा बाँडिएर सेवाकेन्द्रहरुमा खटिएका छन् । मूख्य कार्यालय मैनापोखरी बजार तथा काठमाण्डौ शाखा सहित १८ सेवाकेन्द्र रहेको जनसचेतनको दोलखा जिल्ला अन्तर्गतका अन्य आठ सेवाकेन्द्रहरु भैँसे, पवटी, मिर्गे, नाम्दु, मार्बु, हाँवा, छौँडे र ठूलोपातलमा शनिबार साधारण सभा हुनेछ ।
काठमाण्डौ शाखामा भने आगामी सोमबार साधारण सभा हुनेछ भने मूख्य कार्यालयमा कार्तिक २२ गते बुधबार साधारण सभा हुनेछ । झण्डै २ अर्ब ३७ करोड सम्पती रहेको जनसचेतन साकोसमा ४० हजार भन्दा बढी सदस्य आवद्ध रहेका छन् ।