सिङ्गटी, १३ माघ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन कालिञ्चोक गाउँपालिका समितिको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
सिङ्गटी स्थित कालिनाग माविको हलमा सम्पन्न कार्यक्रममा वडागत रिपोर्टिङका साथै सङ्गठनको आगामी योजनाका विषयमा विविध निर्णय भएको छ । गाउँपालिका कमिटी अध्यक्ष तेजबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रिय सचिव रामबहादुर खड्का, नेकपा माओवादी केन्द्र दोलखाका संयोजक एवं कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी रोशन, सङ्गठनका जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठ, जिल्ला सचिव इन्द्र कुमार बस्नेत, नेकपा माओवादी केन्द्र कालिञ्चोक गाउँपालिकाका इन्चार्ज एवं गाउँपालिकाको सामाजिक विकास संयोजक राम पाण्डे उदीप लगायतले समसामयिक र आगामी कार्ययोजनाका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कालिञ्चोक गाउँपालिकाका विभिन्न विद्यालयमा कार्यरत शिक्षक प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।