सिङ्गटी, २९ फागुन । दोलखाको विगु गाउँपालिकामा आयोजित माध्यमिक विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा शारादा मावि बुलुङले प्रथम स्थान हासिल गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी दोलखा शाखाले शान्ति आदर्श मावि लादुकमा आयोजना गरेको प्रतियोगितामा चित्रे मावि दोस्रो, शान्ति आदर्श मावि तेस्रो र थम्पु मावि आलम्पु सान्त्वना स्थान हासिल गर्न सफल भए । विगु गाउँपालिकाका विभिन्न माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई विगु ४ का वडाअध्यक्ष रामचन्द्र खड्काले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।