दोलखा, २७ असार । दोलखाको गौरीशङ्कर गाउँपालिकामा विषालु च्याउ खाँदा एक जनाको ज्यान गएको छ भने ७ जना बिरामी परेका छन् ।
गौरीशङ्कर गाउँपालिकाको वडा नम्बर ६ चङ्खु स्थित लुवाङ्साका तीन परिवारका १० जनाले गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएर बिरामी परेका ८ जनालाई उपचारका लागि सिङ्गटी स्थित रोल्वालिङ सामुदायिक अस्पताल ल्याइएको थियो । बिरामी मध्ये लुवाङ्साकी ३३ वर्षिय सोमलेकि शेर्पाको अवस्था गम्भिर बन्दै गएपछि मङ्गलबार राजधानी रिफर गरिएकोमा उपचारका क्रममा बुधबार उनको ज्यान गएको स्थानीय लामागुरु पासाङ शेर्पाले जनतापेजलाई जनाकारी दिए ।
उनका अनुसार सिङ्गटीमा उपचाररत थप ४ जनालाई पनि बुधबार उपचारका लागि काठमाण्डौ लगिएको छ ।


