काठमाण्डौ, १८ माघ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढेको हो ।
नेपाल आयल निगमले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै हवाई इन्धनमा पनि आन्तरिक तर्फ प्रतिलिटर ६ रुपैयाँ र बाह्य तर्फ ४३ डलर मूल्य वृद्धि भएको जनाएको छ । आयोगका अनुसार इण्डियन आयल कर्पाेरेसनबाट मूल्य बढेर आएकाले नेपाली बजारमा पनि मूल्य समायोजन गरिएको हो । नयाँ मूल्य अनुसार काठमाण्डौमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १६० रुपैयाँ पुगेको छ । नयाँ मूल्य शुक्रबार मध्यरातदेखि लागु हुनेछ ।


