काठमाण्डौ, ०२ जेठ । सरकारले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।
मङ्गलबार बसेको नेपाल आयल निगमको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको हो ।
घटेको मूल्य अनुसार अब डिजेल र मट्टितेलको मूल्य १ सय ५५ रुपैयाँ प्रतिलिटर कायम भएको छ । तर निगम बैठकले पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य भने यथावत् राखेको छ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपछि सरकारले मूल्य समायोजन गरेको हो ।