काठमण्डौ, १४ असार । दोलखाका पुराना कम्युनिष्ट नेता महेन्द्र बहादुर कार्की नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
२०२३ सालदेखि कम्युनिष्ट आन्दोलन र समाजसेवामा सक्रिय रहेका दोलखा मेलुङ ७ का स्थायी बासिन्दा कार्कीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव वर्षमान पुनले पार्टीमा स्वागत गरे । २०५४ सालको मध्यावधी चुनावमा दोलखा क्षेत्र नम्बर १ बाट तत्कालिन नेकपा मालेका तर्फबाट उम्मेद्वार बनेका कार्की नेकपा एमाले, नेकपा, पुन एमाले हुँदै पछिल्लो समय नेकपा समाजवादी पार्टीमा आवद्ध थए ।

दोलखाका पुराना पुस्ताका प्रभावशाली कम्युनिष्ट नेताको माओवादी प्रवेश अर्थपूर्ण मानिएको छ ।



