चरिकोट, ०२ चैत्र । दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण हुँदै आएको हाम्रो रेडियो १०३ थोप्लो ४ मेगाहर्ज आफ्नो प्रशारणको सत्रौ वर्षमा प्रवेश गरेको छ ।
सोही अवसरमा शुक्रबार रेडियोको सभाकक्षमा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा रेडियोका अध्यक्ष एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज विशाल खड्का, विभिन्न स्थानीय तहका प्रमुख, जननप्रतिनिधिहरु, जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा सबैले दुर दराजमा बज्ने रेडियोको महत्वबारे बोल्दै हाम्रो रेडियोले विभिन्न क्षेत्रमा पुर्याएको योगदान र गतिविधिहरुको प्रशंसा गरेका थिए ।
कार्यक्रममको अवसर पारेर दोलखाका दुई जना पत्रकारहरुलाई भेषकुमारी खड्का स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान समेत गरिएको छ । कान्तिपुरका केदार शिवाकोटी र कारोबार दैनिकका जिल्ला संवाददाता दिलबहादुर केसी सम्मनित भएका हुन् ।
२०६४ सालको चैत्र २ गतेबाट प्रशारण सुरु भएको हाम्रो रेडियो त्यस यता निरन्तर प्रशारणमा रहेको छ ।