१७ चैत्र । एकिकृत अखिल नेपाल शिक्षक सङ्गठन दोलखा अन्तर्गतको महिला विभागको अध्यक्षमा सरिता खड्का चयन भएकी छिन् ।
शनिबार दोलखा सदरमुकाम चरिकोटमा सम्पन्न दोस्रो जिल्ला सम्मेलनले खड्कको नेतृत्वमा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सुशिला केसी, सचिवमा उर्मिला भूजेल र कोषाध्यक्षमा निर्मला शाही चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तारा श्रेष्ठ, लक्ष्मी फुँयाल, सुमित्रा फुँयाल, श्रृजना केसी, सरस्वती पराजुली, मिना चापागाईं, लक्ष्मी दहाल, मन्दिरा चौलागाईं, विन्दा फुँयाल, लिलामाया थामी, कुसुम खड्का, सरस्वती कार्की, हिमालु पाण्डे, प्रतिका कार्की र सम्झना खड्का चयन भएका छन् ।
सङ्गठनको महिला विभाग जिल्ला समन्वय संयोजक शारादा श्रेष्ठको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकी रोशन, एकिकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रिय सचिव रामबहादुर खड्का, जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठ लगायतले समसामयिक विषयमा प्रशिक्षण सहितको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।