सिङ्गटी, ३० भदौ । दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर ४ मा आइतबार भएको बोलेरो दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ ।
सिङ्गटीबाट झ्याँकुको सेराकाप्ती तर्फ जाँदै गरेको ७२६६ नम्बरको बोलेरो गोर्पाङ स्थित वडा कार्यालय नजिकै दुर्घटना हुँदा गौरीशङ्गर ३ सेराकाप्तीकी ५५ वर्षकी पसी शेर्पा र ७५ वर्षकी काली शेर्पाको मृत्यु भएको हो । मृतक मध्ये पसी बोलेरो चालकको श्रीमती भएको जनाइएको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका उनीहरुलाई उपचारका लागि सिङ्गटी ल्याईएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
मृतकहरुको शव पोष्टमार्टमका लागि सदरमुकाम चरिकोट पठाइएको गौरीशङ्कर ३ का वडा अध्यक्ष युगबहादुर बस्नेतले जनतापेजलाई जानकारी दिए । दुर्घटनामा परी सामान्य घाइते भएका अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।