काठमाण्डौ, ३० भदौ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । पेट्रोलमा ४ र डिजेलमा ५ रुपैयाँ मूल्य घटेको हो ।
घटेको यो मूल्य आइतबार राती १२ बजेदेखि लागु हुनेछ । निगमका अनुसार भारतीय आयल कर्पाेरेसनबाटै मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको हो ।
नयाँ मूल्य अनुसार अब पेट्रोल र डिजेलको मूल्य पहिलो वर्गका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा क्रमशः १५६.५० र १४६।५० रुपैयाँ, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा १५८ र १४८ रुपैयाँ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा १५९ र १४९ रुपैयाँ कायम भएको छ । दोलखामा पेट्रोल १६२ र डिजेल १५२ रुपैयाँ पर्नेछ ।