चरिकोट, १९ माघ । दोलखा सदरमुकाम चरिकोट स्थित एपेक्स स्कुलका प्रिन्सिपल नसिव कायस्थले श्रीलङ्काको एक विद्यालयको विशेष कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागि भएका छन् ।
श्रीलङ्काको राजधानी कोलम्बोबाट ३० किलोमिटर दक्षिण कुरुनेगल जिल्लाको दम्बदेनिय क्षेत्रमा अवस्थित अल हिजरा मुस्लिम महाविद्यालयको वार्षिक खेलकुद तथा अभिभावक भेलामा कायस्थ प्रमुख अतिथिको रुपमा सहभागि भएका हुन् । कायस्थले उक्त महाविद्यालयको शिशु कक्षाको सुधारका लागि गुरुयोजना निर्माणमा सहयोग गरेका छन् । कार्यक्रममा मन्तव्य राख्दै कायस्थले विभिन्न देशहरुका विद्यालयसँग एपेक्स स्कुलले सदैव सहकार्य गरिराख्ने र दुवै तर्फका विद्यालयमा सिकाईका राम्रा अनुभवहरुलाई लागु गर्न कुनै कसर बाँकी नराख्ने बताए ।


श्रीलङ्काको सरकारी विद्यालयहरूमा महत्वपूर्ण विद्यालय मानिने अल हिजरा मुस्लिम महाविद्यालयको कार्यक्रममा अन्य देशका विभिन्न विद्यालयका प्रतिनिधिहरु साथै कोलम्बो क्षेत्रका अन्य प्राध्यापकहरु सहभागि थिए । सबैसँगको भेटमा आफूले विद्यालयहरूवीचको सहकार्य विस्तारका सम्बन्धमा छलफल गरेको कायस्थले जनतापेजलाई जानकारी दिए ।
