पवटी, फागुन १७ । नेपाल रेडक्रस सोसाइटी पवटी उपशाखा दोलखाको पाँचौ अधिवेशनले नारायण बहादुर ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
मेलुङ गाउँपालिका १ पवटी स्थित रमाइलो चोकमा शनिबार सम्पन्न अधिवेशनले उपसभापतिमा जमुना ठकुरी, सचिवमा बिकुन्द्र कोइराला , सहसचिवमा कविता भुजेल, कोषाध्यक्षमा किशोर प्रसाद कोइराला र उप कोषाध्यक्षमा बालकृष्ण ओलीलाई चयन गरेको हो । त्यस्तै सदस्यहरूमा शिव बहादुर कार्की, उमेश कार्की, तारा पोखरेल कोइराला, चक्र प्रसाद उप्रेती र भरत कोइराला चयन भएका छन् ।


उपशाखाका सभापति शिव कुमार भुजेलको अध्यक्षतामा सम्पन्न पाँचौ अधिवेशन एवम् १३ औँ वार्षिक उपशाखा सभामा मेलुङ गाउँपालिका अध्यक्ष हिरा कुमार तामाङ, उपाध्यक्ष गायत्री आचार्य, वडा नम्बर १ का अध्यक्ष ईश्वर कोइराला, नेपाल रेडक्रस सोसाइटी दोलखा जिल्ला शाखाका मन्त्री भरत नारायण प्रधान, उपशाखाका पूर्व सभापति भीम बहादुर कोइराला, पवटी उपस्वास्थ्य चौकीका इन्चार्ज उदित ठाकुर लगायतको उपस्थिती रहेको थियो ।
