सिङ्गटी, २३ जेठ । दोलखाको गौरीशङ्कर ४ देपुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सिङ्गटीबाट देपुङतर्फ गइरहेको बोलेरो दुर्घटना हुँदा स्थानीय फूलमाया शेर्पाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका डोल्मा शेर्पा र छिरी शेर्पालाई उपचारका लागि सिङ्गटी ल्याईएकोमा डोल्माको अवस्था चिन्ताजनक भएपछि सदरमुकाम चरीकोट तर्फ रिफर गरिएको स्थानीय युवराज बस्नेतले जानकारी दिए ।


दुर्घटनाग्रस्त बोलेरोको नम्बर खुलेको छैन । घटनास्थल तर्फ इलाका प्रहरी कार्यालय सिङ्गटीबाट प्रहरी टोली परिचालन भएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
