चरीकोट, २८ कात्तिक । दोलखा सदरमुकाम चरीकोट स्थित एपेक्स स्कुलले आयोजना गरेको एपेक्स आइडल सिजन ३ को उपाधी एन्जल थामीले जितेकी छिन् ।
शुक्रबार विद्यालय प्राङ्गणमा अभिभावकहरू समेतको उपस्थितीमा सम्पन्न प्रतिस्पर्धामा विद्यालयको कक्षा १ मा अध्ययनरत छात्रा एन्जलले उपाधी जितेकी हुन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीले भाग लिन पाउने एपेक्स आइडलमा प्रतिस्पर्धा गरेका १२ जना प्रतिस्पर्धीहरूबाट जजहरू निजयश्वर श्रेष्ठ, सञ्जय राणा र अर्पण डेना तामाङले थामीलाई विजेता घोषणा गरेका हुन् । आइडलको फस्र्ट रनरअप कक्षा ३ की साम्राज्ञी केसी बनिन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभालाई उजागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल नसिव कायस्थले जनतापेजलाई जानकारी दिए ।



