सिङ्गटी, २६ मंसिर । दोलखाको विगु गाउँपालिकामा आयोजित पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय विज्ञान प्रदर्शनीमा शारदा मावि प्रथम भएको छ ।
शिक्षा, युवा तथा खेलकुद शाखा विगुको आयोजनामा गाउँपालिकाको कार्यालय सिङ्गटीमा भएको प्रदर्शनीमा विगु ३ स्थित शारदा मावि प्रथम भएको हो । प्रदर्शनीमा विगु ८ स्थित हिमालय मावि दोस्रो र विगु ४ स्थित शान्ति आदर्श मावि तेस्रो भए । विजेताहरूले नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राीत गरे । गाउँपालिकाका शिक्षा शाखा प्रमुख गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष सञ्जीव ओलीको समेत सहभागिता रहेको थियो ।

विद्यार्थीहरूमा वैज्ञानिक प्रस्तुती, नवप्रवर्तन र सिर्जनशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रदर्शनीमा विगु गाउँपालिकाका ९ ओटा माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।



