काठमाण्डौ, १४ मंसिर । सरकारले पेट्रेलियम पदार्थको मूल्य घटाएको छ ।
नेपाल आयल निगमले प्रेस विज्ञप्ति जारी गरी बिहिबार मध्यराती १२ बजेपछि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको जनाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ घटेको छ भने डिजेल तथा मट्टितेलमा चार रुपैयाँ प्रतिलिटरले मूल्य कम गरिएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य काठमाण्डौमा १७० रुपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पर्नेछ ।
खाना पकाउने एलपी ग्याँपको मूल्य भने पूरानै अर्थात १८९५ रुपैयाँ नै कायम रहेको छ ।



