सिन्धुपाल्चोक, २५ माघ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको सवारी दुर्घटनामा परी दोलखाका एक युवकको ज्यान गएको छ ।
बुधबार बेलुकी काठमाण्डौबाट दोलखा तर्फ आइरहेको बागमती प्रदेश ०२०२७ प ८५६२ नम्बरको स्कुटरलाई विपरित दिशाबाट गइरहेको बा १९ च ९१२३ नम्बरको योद्धा पिकअप गाडीले ठक्कर दिँदा दोलखाको बैतेश्वर ६ नाम्दुका २० वर्षीय प्रज्वल तमाङको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका तमाङलाई उपचारका लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाका क्रममा उक्त योद्धा गाडीले बा ४२ प ४१६० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । दुर्घटनामा अन्य दुइ जना घाइते भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ठक्कर दिने गाडी र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् ।


