ठमाण्डौ, २२ चैत्र । सरकारले भोलि अर्थात सोमबारदेखि नै लागु हुनेगरी सातामा दुई दिन सार्वजनिक विदा दिने भएको छ ।
नेपाल राजपत्रमा आइतबार सूचना जारी गर्दै सरकारले सरकारी कार्यालयहरू, सार्वजनिक निकाय र शैक्षिक संस्था चैत्र २३ गते सोमबारदेखि लागु हुनेगरी सातामा दुई दिन शनिबार र आइतबार बन्द रहने जनाएको छ । जारी राजपत्रको सूचना अनुसार शैक्षिक संस्था बाहेकका कार्यालयको कार्यालय समय पनि विहान ९ देखि अपरान्ह ५ बजेसम्म तोकिएको छ । कार्तिक १६ देखि माघ १५ गतेसम्म भने विहान ९ देखि अपरान्ह ४ बजेसम्म कार्यालय खुल्ला रहनेछ ।
आइतबार बसेको मन्त्रि परिषदको बैठकले पेट्रोलियम पदार्थको आयात तथा मूल्यमा उत्पन्न परिस्थितीको कारण जनाउँदै शनिबार र आइतबार विदा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले आगामी शैक्षिक सत्र २०८३ बैशाख १५ गतेबाट सुरू गर्ने निर्णय पनि गरेको छ ।



