दोलखा, १० असार । दोलखाको जिरी नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएको छ । आइतबार सार्वजनिक बजेटको कुल अङ्क ५३ करोड ३ लाख रहेको छ ।
नगरपालिकाकी उपमेयर कृष्णमाया बुढाथोकीले सार्वजनिक गरेको बजेटमा चालु तर्फ ३५ करोड ४२ लाख २३ हजार रहेको छ भने बाँकी रकम मात्र पुँजिगत तर्फको शीर्षकमा रहेको छ । बजेटमा सडक सञ्जालको निर्माण तथा सुधार, भौतिक पूर्वाधार, आयमूलक कृषि उत्पादन, आयआर्जन तथा स्थानीय स्तरमै रोजगारी जस्ता विषयहरुले प्राथमिकता पाएका छन् ।


