काठमाण्डौ, १३ असार । सिङ्गटी हाइड्रो ईनर्जी २५ मेगावाट क्षमताको सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडमा नयाँ सञ्चालहरु चयन भएका छन् ।
बुधबार काठमाण्डौमा सम्पन्न भएको साधारण सभाले ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनीको तर्फबाट गरी ६ जना नयाँ सञ्चालकहरु चयन गरेको हो । साधारण सभाले संस्थापक सेयरधनीहरुको तर्फबाट सुदिप खड्का, रजनी थापा, सुदिपराज गौतम र विजी ग्रुप नामक कम्पनीको तर्फबाट सुनिल केसी तथा सर्वसाधारण सेयरधनीको तर्फबाट दल बहादुर विष्ट र श्याम प्रसाद खतिवडालाई सञ्चालक चयन गरेको हो । निर्वाचित मध्ये खतिवडा पत्रकार समेत हुन् । यस्तै स्वतन्त्र सञ्चालकको रुपमा उर्जा विज्ञ प्रविण भट्टराई चयन भएका छन् । निर्वाचित सञ्चालकहरुको अवधी ४ वर्षको हुनेछ ।
कुल सेयर मध्ये ३० प्रतिशत स्वामित्व सर्वसाधारणको रहेको यो आयोजना नेपालको सुपर सिक्स आयोजना मध्येको एक हो । जलप्रवाहमा आधारित यो आयोजनाले विगत २ वर्षदेखि दोलखाको उत्तरी सिङ्गटी खोलाको पानी प्रयोग गरी २५ मेगावाट विद्युत उत्पादन गरिरहेको छ ।