दोलखा, ७ मंसिर । बागमती प्रदेशका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काद्वारा लिखित ‘पर्यावरणीय सङ्कट’ नामक पुस्तक बजारमा आउने भएको छ ।
विश्वमै चुनौतीका रुपमा रहेको जलवायु परिवर्तन र वातावरण प्रदुषणका सम्बन्धमा गहन खोज र अध्ययन पश्चात तयार पारिएको उक्त पुस्तकको आगामी मंसिर ९ गते शनिबार प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले लोकार्पण गर्दैछन् । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं दोलखा जिल्ला इन्चार्ज समेत रहेका खड्काले लोकार्पण कार्यक्रम शनिबार दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने जानकारी दिए ।
विश्वका आठ अर्ब मानिसको साझा चुनौतीको रुपमा रहेको पर्यावरणीय सङ्कट र त्यसको न्यूनिकरणका विषय पुस्तकमा समेटिएको जनाइएको छ ।